मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा आफ्नो उपस्थितिलाई व्यापक हेरफेर गर्दै बीबीसी

बुधबार, २७ मङ्सिर २०८०, १२ : ००
बुधबार, २७ मङ्सिर २०८०

नयाँ दिल्ली । बीबीसीले भारतमा आफ्नो सञ्चालनमा व्यापक हेरफेर गरिरहेको छ । भारतको विदेशी लगानीसम्बन्धी नियमको पालना गर्नका लागि बीबीसीले यो कदम उठाएको हो । गएको वर्ष भारतका कर अधिकारीहरूले बीबीसीको स्थानीय कार्यालयमा छापा मारेका थिए । कम्पनी छानबिनको दायरमा पनि आएको थियो । अब चार कर्मचारीले बीबीसी छाडेर भारतको पूर्ण स्वामित्वको कम्पनी ‘कलेक्टिभ न्यूजरुम’ बनाउनेछन् ।

यही कम्पनीले बीबीसीको ६ भारतीय भाषाका सेवा सञ्चालन गर्नेछन् । अङ्ग्रेजी भाषासम्बन्धी कामकाज भने बीबीसीले नै हेर्नेछ । कर अधिकारीहरूले यही वर्षको पूर्वार्द्धमा बीबीसीको दिल्ली र मुम्बईस्थित कार्यालयमा छापा मारेर कम्पनीमाथि छानबिन गरेपछि यो फैसला गरिएको हो । 

भारतमा काम गर्ने डिजिटल कम्पनीमा विदेशी लगानीको सीमा अधिकतम २६ प्रतिशत छ । अर्थात् भारतमा डिजिटल न्युज कन्टेन्ट पब्लिस गर्ने कुनै पनि कम्पनीमा विदेशी लगानी २६ प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

बेलायतमा यो वर्षको सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा डकुमेन्ट्री देखाइएको थियो । डकुमेन्ट्रीमा मोदी गुजरातको मुख्य मन्त्री भएको बेलामा गुजरातमा ६० जना हिन्दु तीर्थयात्रीको मृत्यु र त्यसपछि १ हजार भन्दा धेरै मुस्लिमको हत्याबारे थियो । उक्त डकुमेन्ट्रीको प्रसारण लगत्तै १४ फेब्रुअरीमा कर अधिकारीले तीन दिनसम्म बीबीसीको भारतीय कार्यालयमा खानतलासी गरेका थिए । यसलाई धेरैले गुजरात दङ्गासँग सम्बन्धित मोदीको विवादास्पद डकुमेन्ट्रीसँग जोडेर हेरेका थिए । तर सरकारले भने यसलाई कर मामिलासँग जोडेको थियो । डकुमेन्ट्रीलाई भारतमा भने प्रसारण गरिएको थिएन । अहिले भारतमा बीबीसीको सेवामा ३०० भन्दा धेरै कर्मचारी कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप