शेखर–गगन समूहमा कोशीका मुख्यमन्त्री कार्कीको आलोचना

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आलोचना भएको छ ।
बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी सो समूहको बैठकमा नेता गुरुराज घिमिरेले मुख्यमन्त्री कार्कीमाथि प्रश्न उठाएका हुन् । उनले बैठकमा भने, ‘कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने बेला महामन्त्री गगन थापा र मलाई जानकारी गराउनु भएन । त्यसले समूहमा अन्तरद्वन्द्व पैदा गरायो ।’
मुख्यमन्त्री कार्कीले पार्टीका महामन्त्रीमाथि सार्वजनिक रुपमा विरोध गरेकोमा नेता घिमिरेको आपत्ति थियो । उनले भने,‘मुख्यमन्त्री भएको दुई महिना भयो । मन्त्रिपरिषद् विस्तार गर्नसक्नु भएको छैन । काम गर्न छाडेर महामन्त्रीविरुद्ध सार्वजनिक अभिव्यक्त दिँदै हिँड्नु भएको छ । यो आपत्तिजनक छ ।’
नेपाली कांग्रेस ओखलढुंगाको सम्मेलनमा मुख्यमन्त्री कार्कीले महामन्त्रीहरु अपरिपक्व देखिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने