शेखर–गगन समूहमा कोशीका मुख्यमन्त्री कार्कीको आलोचना
काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आलोचना भएको छ ।
बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी सो समूहको बैठकमा नेता गुरुराज घिमिरेले मुख्यमन्त्री कार्कीमाथि प्रश्न उठाएका हुन् । उनले बैठकमा भने, ‘कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने बेला महामन्त्री गगन थापा र मलाई जानकारी गराउनु भएन । त्यसले समूहमा अन्तरद्वन्द्व पैदा गरायो ।’
मुख्यमन्त्री कार्कीले पार्टीका महामन्त्रीमाथि सार्वजनिक रुपमा विरोध गरेकोमा नेता घिमिरेको आपत्ति थियो । उनले भने,‘मुख्यमन्त्री भएको दुई महिना भयो । मन्त्रिपरिषद् विस्तार गर्नसक्नु भएको छैन । काम गर्न छाडेर महामन्त्रीविरुद्ध सार्वजनिक अभिव्यक्त दिँदै हिँड्नु भएको छ । यो आपत्तिजनक छ ।’
नेपाली कांग्रेस ओखलढुंगाको सम्मेलनमा मुख्यमन्त्री कार्कीले महामन्त्रीहरु अपरिपक्व देखिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण