दुई हजार अंकमाथि पुगेको नेप्से अन्तिममा झर्यो, २ अंक बढेर कारोबार बन्द
काठमाडौँ । अन्तिमसम्म वृद्धि निरन्तरता नभएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.६० अंकको वृद्धिसँगै रोकिएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक २ हजार अंक पार गरेको थियो । तर, अन्तिम समयमा निरन्तर खुम्चिँदै जम्मा २ अंकको वृद्धिसँगै रोकिएको हो ।
यसक्रममा आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०० कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य स्थिर कायम भएको छ । आज ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।
आज नेप्सेमा बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक, अन्य ४ कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । परिसूचक सामान्य अंकले बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ । होटल र टुरिजम, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेकका समूहमा भने वृद्धि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण