शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर

दुई हजार अंकमाथि पुगेको नेप्से अन्तिममा झर्‍यो, २ अंक बढेर कारोबार बन्द

बुधबार, २७ मङ्सिर २०८०, १५ : ३८
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । अन्तिमसम्म वृद्धि निरन्तरता नभएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २.६० अंकको वृद्धिसँगै रोकिएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक २ हजार अंक पार गरेको थियो । तर, अन्तिम समयमा निरन्तर खुम्चिँदै जम्मा २ अंकको वृद्धिसँगै रोकिएको हो ।

यसक्रममा आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०० कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य स्थिर कायम भएको छ । आज ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।

आज नेप्सेमा बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक, अन्य ४ कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । परिसूचक सामान्य अंकले बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ । होटल र टुरिजम, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेकका समूहमा भने वृद्धि देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप