भाटभटेनीको विन्टर अफर सार्वजनिक, के-केमा पाइन्छ छुट ?
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने 'विन्टर अफर' सार्वजनिक गरेको छ । दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।
त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ । यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागु हुनेछ ।
भाटभटेनी सुपरमार्केटका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सकिनेछ । भाटभटेनी सुपरमार्केटमा अहिले एक लाख पचास हजार भन्दा बढी प्रकारका सामग्री रहेका छन् । यी सबै प्रकारका सामग्री खरिदमा 'विन्टर अफर'मा दिइएको छुट प्राप्त गर्न सकिनेछ ।
"देश आर्थिक मन्दीले आक्रान्त भएको छ, यस्तो दुःखको बेलामा आम उपभोक्ताले केही सहुलियत प्राप्त गर्न सकुन् भनेर हामीले यो योजना ल्याएका हौँ,” भाटभटेनीका चिफ अपरेटिङ् अफिसर्स पानु पौडेलले भने, "विद्युतीय सामग्री खरिद गर्दा २०, दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत र अरू जुनसुकै सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था मिलाएका छौँ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण