आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापासँग एजेन्डामा हाम्रो भिन्नता छैन : कोइराला

बुधबार, २७ मङ्सिर २०८०, १६ : ५७
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगन थापा पक्षसँग एजेन्डामा कुनै फरक नरहेको बताएका छन् । बुधवार शेखर –गगन समूहको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता कोइरालाले सञ्चारमाध्यमहरूले बढाइचढाइ गरे पनि एजेन्डामा थापा समूहका नेताहरूबिच कुनै भिन्नता नरहेको बताएका हुन् ।

‘एजेन्डामा कुनै पनि डिफिरेन्स छैन हाम्रो । एजेन्डामा महामन्त्री र मेरोबिच एक इन्च पनि फरक छैन’, कोइरालाको भनाइ छ ।

उनले बरु कांग्रेस र देश ठिक ढङ्गले नचलेको बताए । ‘नेपाली कांग्रेस ठिक ढङ्गले चलिरहेको छैन, देश ठिक ढङ्गले चलिरहेको छैन । हाम्रो समूह ठिक ढङ्गले चलेको छ’, कोइरालाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप