गगन थापासँग एजेन्डामा हाम्रो भिन्नता छैन : कोइराला
बुधबार, २७ मङ्सिर २०८०, १६ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगन थापा पक्षसँग एजेन्डामा कुनै फरक नरहेको बताएका छन् । बुधवार शेखर –गगन समूहको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता कोइरालाले सञ्चारमाध्यमहरूले बढाइचढाइ गरे पनि एजेन्डामा थापा समूहका नेताहरूबिच कुनै भिन्नता नरहेको बताएका हुन् ।
‘एजेन्डामा कुनै पनि डिफिरेन्स छैन हाम्रो । एजेन्डामा महामन्त्री र मेरोबिच एक इन्च पनि फरक छैन’, कोइरालाको भनाइ छ ।
उनले बरु कांग्रेस र देश ठिक ढङ्गले नचलेको बताए । ‘नेपाली कांग्रेस ठिक ढङ्गले चलिरहेको छैन, देश ठिक ढङ्गले चलिरहेको छैन । हाम्रो समूह ठिक ढङ्गले चलेको छ’, कोइरालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण