सभापति देउवा एउटा समूहको संरक्षक हुनुभयो : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट बाँड्ने टिकट न्यायपूर्ण ढङ्गले वितरण गर्नुपर्ने बताएका छन् । साथै उनले गएका तीनवटा निर्वाचनमा पार्टीले उम्मेदवार छनोट गर्दा कुनै पनि मापदण्ड नअपनाएको गुनासो पनि गरेका छन् । सभापति शेरबहादुर देउवा आफैँले एउटा समूह चलाए जसरी पार्टीमा गतिविधि गरेको थापेको आरोप छ ।
बुधवार कांग्रेसको संस्थापन इतर पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सोही कारण इतर पक्षको भेला बसेर सभापतिको कार्यशैली र आगामी राष्ट्रियसभा निर्वाचनमा अपनाउनुपर्ने मापदण्डबारे छलफल गरेको बताए । पार्टी सभापतिले सबैसँग न्यायपूर्ण गर्नुपर्ने ठाउँमा पार्टी सभापति आफैँ एउटा समूहको संरक्षक जस्तो भएको थापाको भनाइ छ ।
‘यो पटकको राष्ट्रिय सभाको निर्वाचनमा दुईवटा कुरामा प्रस्ट हुनुपर्छ भन्नेमा हामी प्रस्ट छौ । त्यो भनेको मापदण्ड र न्याय’, महामन्त्री थापाले भने, ‘कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा जाँदै गर्दा राष्ट्रियसभाको संविधान र राष्ट्रियसभाको जुन स्पिरिट छ यो सबै कुराको आधारमा जो साथीहरू योग्य हुनुहुन्छ, जसले अहिलेसम्म मौका पाउनुभएको छैन, जसले यसअघि निर्वाचनमा भाग लिन पाउनुभएको छैन ती साथीहरूलाई पठाउनुपर्छ ।’
त्यस्तै उनले यो समूहले यति पाउनुपर्ने उति पाउनुपर्ने भन्दा पनि न्यायपूर्ण हुनुपर्ने बताए । ‘सभापतिले यो पटक राष्ट्रियसभाको टिकट बाँड्दै गर्दा सिङ्गो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सिङ्गो कांग्रेसको सभापति बनाउने हो र हामी त्यो प्रयत्न गर्ने हो’, महामन्त्री थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण