प्यालेस्टिनीहरूका लागि सन्देशसहितको जुत्तामा आईसीसीको प्रतिबन्ध, ख्वाजाले विरोध गर्ने
सिड्नी । अस्ट्रेलियाका क्रिकेटर उस्मान ख्वाजाले प्यालेस्टाइन समर्थक सन्देश भएको जुत्ता लगाउन नदिने निर्णयको आफू सम्मान गरेको बताएका छन् । तर उनले आईसीसीको यो निर्णयको ‘विरोध’ गर्ने पनि बताए छन् ।
उस्मान ख्वाजाले पाकिस्तानविरुद्धको पहिलो क्रिकेट टेस्ट म्याचमा ‘जीवन सबैका लागि समान’ र ‘स्वतन्त्रता मानव अधिकार हो’ भन्ने शब्द लेखिएको जुत्ता लगाउने योजना बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसलाई राजनीतिक बयान भन्दै सन्देशसहित जुत्ता लगाउन अनुमति दिएको छैन।

भिडियो सार्वजनिक गर्दै ख्वाजाले आफू मानवीय अपिल जारी गर्न चाहेको बताए । यस भावनात्मक भिडियोमा ३६ वर्षीय क्रिकेटरले भने, ‘म आईसीसीको दृष्टिकोण र निर्णयको सम्मान गर्छु तर म यसको विरोध गर्नेछु र सन्देश सहित जुत्ता लगाउन स्वीकृति माग्नेछु।’
आईसीसीको नियम अनुसार ख्वाजाले अनुमोदन नगरिएको सन्देशसहित जुत्ता लगाएर मैदान प्रवेश गरेमा उनलाई खेल्नबाट रोक लगाउन सकिनेछ । तर अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ख्वाजाले त्यसो नगर्ने बताएका छन् ।
उस्मान ख्वाजाले पर्थमा पाकिस्तान विरुद्धको टेस्ट म्याच अघि प्रशिक्षणका क्रममा सन्देशसहितको जुत्ता लगाएका थिए । विगतमा पनि उनले गाजाका आम जनताको समर्थनमा सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण