प्रभावकारी सामाजिक सुरक्षाका लागि सरकारले काम गरिरहेको छ : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् । साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायिक गोलमेच सम्मेलनमा मन्त्री भण्डारीले विश्व द्रुत रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा विश्वव्यापी श्रम बजारमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड दिएका हुन् ।
उनले श्रम बजारमा रहेको सीपको खाडल पहिचान गर्ने र खाडल पूरा गर्न लक्षित प्रशिक्षण प्रदान गर्दै आएको उल्लेख गर्नुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरुले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताए । श्रम र रोजगारदाताबीच सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गरे ।
प्रभावकारी सामाजिक सुरक्षाका लागि नेपाल सरकारले काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले यसमा जोखिममा परेकालाई जोगाउन र सबैलाई समेट्न सुनिश्चित गरिने धारणा व्यक्त गरे । उनले कुशल र उत्पादक श्रम बजारका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण