देश पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता : केपी ओली
काठमाडौँ । नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताएका छन् । बिहीबार भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
‘यस्तो उर्वर भूमि अविकसित हुनु, पछाडि पर्नु, यहाँका जनता भोकमरी र गरिबीमा बाच्नु स्वाभाविक र सहज कुरो हुँदै होइन’, ओलीले भने, ‘यस कुराका पछाडि शासकीय अयोग्यताबाहेक अरू केही होइन ।’
उनले शासकहरूको गलत स्वार्थ, निजी स्वार्थ, स्वार्थ केन्द्रित राजनीति हुनु र देश र जनता केन्द्रित राजनीति हुन नसक्नु, भिजन र दृष्टिकोण शासकहरूमा हुन नसक्नु नै पछौटेपनको कारण भएको बताए ।
विकास र पूर्वाधारका लागि दुई वटा कुरा अनिवार्य भएको पनि ओलीको भनाइ छ । ‘देशको विकास गर्न शान्ति चाहिन्छ । अर्को एकजुट हुनुपर्छ’, उनले विकास प्रेमी सरकार आवश्यक भएको भन्दै आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न नसक्ने बताए । उनले देशलाई सुशासन चाहिएकाले सम्भावना खोज्दै नेकपा हिँडिरहेको बताए । मंसिर १४ बाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत बैतडीबाट हिँडेको टोली आज १५ औँ दिन भोजपुरबाट धनकुटा पुग्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण