शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

देश पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता : केपी ओली

बिहीबार, २८ मङ्सिर २०८०, ११ : ५०
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताएका छन् । बिहीबार भोजपुरको अरुण गाउँपालिकामा  जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘यस्तो उर्वर भूमि अविकसित हुनु, पछाडि पर्नु, यहाँका जनता भोकमरी र गरिबीमा बाच्नु स्वाभाविक र सहज कुरो हुँदै होइन’, ओलीले भने, ‘यस कुराका पछाडि शासकीय अयोग्यताबाहेक अरू केही होइन ।’

उनले शासकहरूको गलत स्वार्थ, निजी स्वार्थ, स्वार्थ केन्द्रित राजनीति हुनु र देश र जनता केन्द्रित राजनीति हुन नसक्नु, भिजन र दृष्टिकोण शासकहरूमा हुन नसक्नु नै पछौटेपनको कारण भएको बताए ।

विकास र पूर्वाधारका लागि दुई वटा कुरा अनिवार्य भएको पनि ओलीको भनाइ छ । ‘देशको विकास गर्न शान्ति चाहिन्छ । अर्को एकजुट हुनुपर्छ’, उनले विकास प्रेमी सरकार आवश्यक भएको भन्दै आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न नसक्ने बताए । उनले देशलाई सुशासन चाहिएकाले सम्भावना खोज्दै नेकपा हिँडिरहेको  बताए । मंसिर १४ बाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत बैतडीबाट हिँडेको टोली आज १५ औँ दिन भोजपुरबाट धनकुटा पुग्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप