नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल
काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।
आगामी सिजनको पीएसएलका लागि १० जना नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । नेपालका चर्चित लेग–स्पिनर सन्दीप लामिछाने ‘प्लाटिनम’ समूहमा थिए । उक्त समूहमा रहेका खेलाडीलाई यदि कुनै क्लबले खरिद गरेको भए सबैभन्दा बढी रकम प्राप्त गर्ने थिए ।
तर, यसपटक सन्दीप पनि पीएसएलमा कुनै क्लबको रोजाइमा परेनन् । सन्दीपले यसअघि नै पीएसएल खेलिसकेका खेलाडी हुन् । यसपटक ‘डायमन्ड’ समूहमा नेपालका कुनै पनि खेलाडी सहभागी थिएनन् । ‘गोल्ड’ समूहमा भने नेपालबाट गुल्सन झाको नाम दर्ता भएको थियो ।
नेपालबाट ‘सिल्भर’ समूहमा सबैभन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए । उक्त समूहमा नेपालबाट आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, यू–१९ टोलीका कप्तान देब खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामीको नाम दर्ता रहेको थियो ।
तर, यसपटक कुनै पनि नेपाली खेलाडी पीएसएल क्लबहरुको रोजाइमा परेनन् । पीएसएलको ‘ड्राफ्ट’ लाहोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा भएको थियो । यसपटक पीएसएलमा २२ राष्ट्रका चार सय ८५ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । पीएसएलको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १८ सम्म आयोजना हुँदैछ ।
यसअघि आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका थिए । तर, आईपीएलका कुनै पनि खेलाडीलाई ‘अक्सन’ का लागि अन्तिम सूचिमा समावेश गरिएन् । सन् २०२४ मा आयोजना हुने आईपीएलको ‘अक्सन’ डिसेम्बर १९ तारिखमा दुबईमा हुँदैछ । यसअघि भने नेपाली खेलाडी सन्दीप लामिछानेले आईपीएल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण