शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मेची- महाकाली यात्राले जनतामा उत्साह थपेको छ : एमाले महासचिव

बिहीबार, २८ मङ्सिर २०८०, १२ : १५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची-महाकाली यात्राले जनतामा उत्साह थपेको बताएका छन् । बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । महासचिव पोखरेलले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा निर्णय लिएको भन्ने पुष्टि भएको बताए । उनले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको समेत बताए । 

‘समृद्धिका लागि संकल्प यात्रा मंसिर १४ बाट आरम्भ गरेका थियौँ । आज १५ औं दिन भएको छ । हाम्रो यात्रा हामीले जतिबेला यात्राको योजना बनाएका थियौँ । जति ठाउँमा कार्यक्रम गर्ने भनेका थियौँ त्यो भन्दा ज्यादा जनतामा उत्साह देखाप¥यो’ महासचिव पोखरेलले भने, ‘जनता सडकमा आइसकेपछि जनतालाई उपेक्षा गरेर अघि बढ्न सकिँदैन थियो । त्यसैले यात्रा लामो पनि भयो । यात्राका क्रममा रातको १० बजेसम्म पनि सभा गर्नुपर्ने स्थिति भयो ।’

गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताउँदै पोखरेलले यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताए । उनले पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए ।

‘मध्यपहाडी राजमार्गमा आधारित यात्रा ठिक समयमा निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो । यो यात्राले ती सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ’ उनले भने । 

महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताए । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप