शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

बिहीबार, २८ मङ्सिर २०८०, १३ : १२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक बुलेटिन जारी गर्दै जाडो याममा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्दा अप्रिय घटनाहरु हुने सम्भावना बढी भएकाले सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्रै हिटर चलाउन तथा कपडा कागजजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्न समेत उल्लेख गरेको छ । हिटरको प्रयोग गर्दा समय–समयमा बन्द गर्न र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खु्ल्ला ठाउँमा जडान गर्न समेत मन्त्रालयको सूचनामा उल्लेख छ ।

health 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप