आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिमागलाई सधैँ स्वस्थ र जवान कसरी राख्ने ?

बिहीबार, २८ मङ्सिर २०८०, १४ : १२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । हाम्रो उमेर बढ्दै जाँदा शरीरको बाँकी अंग जस्तै गरी मस्तिष्कको पनि उमेर बढ्छ । दिमाग बुढो भएपछि निर्णय लिने क्षमता र स्मरण शक्तिमा पनि कमी आउन थाल्छ । 

दिमागलाई बुढो हुनबाट रोक्न भिटामिन र मिनिरलले अहम् भूमिका निर्वाह गर्ने कयौँ अनुसन्धानहरूले देखाएका छन् । आफ्नो उमेरमा भइरहेको वृद्धिको असर दिमागमा नपरोस् भन्ने चाहनु हुन्छ भने तपाईंले पनि यी भिटामिन र मिनरल्सलाई आफ्नो भोजनमा समावेश गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

  • ओमेगा–थ्री फ्याटी एसिड

ओमेगा–थ्री फ्याटी एसिडमा इन्टी–इन्फ्लेमेटरी र एन्टीअक्सिडेन्ट पाइन्छ । यसले मस्तिष्कको स्वास्थ्यलाई बढाउने काम गर्छ । साल्मन माछा, ओखर, आलस र चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । यसले स्मरण शक्तिमा कमी आउने खतरा कम गर्छ ।

  • फस्फेटिडिलसेरिन 

फस्फेटिडिलसेरिन फस्फोलिपिड हो । यो खासगरी मस्तिष्कमा पाइने सेल मेम्बरेन्सको महत्त्वपूर्ण अव्यय हो । यसले न्यूरोट्रान्समिटर रिलिजमा भूमिका खेल्छ । यसले स्मरणशक्ति बढाउन मद्दत गर्छ । भटमासमा यो तत्त्व पाइन्छ ।

  • एन्टीअक्सिडेन्ट 

भिटामिन सी र ई जस्ता एन्टीअन्सिडेन्टले मस्तिष्कलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्छ । अमिलो फलफूल, जामुन, ओखर, काजु, बदाम, पिस्तालगायत बदाम, बीउ र पत्तेदार हरियो तरकारीमा भिटामिन सी पाइन्छ । भिटामिन ई चाहिँ बदाम, सूर्यमुखीको बिउ र पालुङ्गो जस्ता खाद्य पदार्थमा पाइन्छ ।

  • भिडामिन डी

भिटामिन डी हाडको स्वास्थ्यको साथसाथ दिमागको स्वास्थ्यका लागि पनि निकै जरुरी मानिन्छ । शरीरमा भिटामिन डीको लेभल बढाउन सूर्यको किरण छालामा सिधैं पार्नु पर्छ । खासगरी बिहानको कलिलो घाममा । शरीरमा भिटामिन डीको अभाव हुँदा यसको पूर्तिका लागि सप्लिमेन्ट पनि सेवन गर्न सकिन्छ ।

  • भिटामिन बी६, बी९ र बी१२

मस्तिष्कले राम्रोसँग काम गर्नका लागि भिटामिन बी निकै जरुरी मानिन्छ । केरा, आलु, अन्डा, कुखुराको मासुमा भिटामिन बी६ पाइन्छ । हरियो पत्तादार तरकारी, गेडागुडी, दालमा भिटामिन बी९ पाइन्छ । भिटामिन १२ चाहिँ स्नायु प्रणाली स्वस्थ राख्नका लागि निकै जरुरी मानिन्छ । सप्लिमेन्ट्स र माछामासुले भिटामिन १२ को कमीलाई पूरा गर्न सक्छ ।

  • म्याग्नेशियम

म्याग्नेशियमले ब्रेन हेल्थ र स्मरण शक्ति बढाउन मद्दत गर्छ । नट्स, बिउ, सिंगो अन्न र हरियो पत्तादार तरकारीमा म्याग्नेशियम भरपुर मात्रामा पाइन्छ ।

  • करक्युमिन

करक्युमिन बेसारमा पाइने एउटा तत्त्व हो । यसमा एन्टी इन्फ्लेमेटरी र एन्टी अक्सिडेन्ट गुण पाइन्छ । करक्युमिनमा न्यूरोप्रोटेक्टिभ इफेक्ट्स पाइन्छ । यसले उमेर बढ्दै स्मरण शक्ति गुम्ने खतरालाई कम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप