१३ दिनमा एनिमलले कति कमायो ?
नयाँ दिल्ली । रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ ।
तोडियो पीकेको वर्ल्डवाइड कलेक्सनको रेकर्ड
यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । अब एनिमलको अगाडि आमिर खानकै सिक्रेट सुपरस्टार छ । यो फिल्मको वर्ल्डवाइड कलेक्सन ८ अर्ब ७५ करोड भारु छ ।
४ अर्ब ६७ करोड पुग्यो फिल्मको घरेलु कलेक्सन
बुधवार एनिमलले भारतभरमा १० करोड रुपैयाँ कमाएको थियो । योसँगै फिल्मको डोमेस्टिक कलेक्सन ४ अर्ब ६७ करोड ८४ लाख भारुमा पुगेको छ । बुधवार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी १६ दशमलव ६० प्रतिशत थियो । अलटाइम डोमेस्टिक कलेक्सनमा एनिमल चौथो स्थानमा छ । लिस्टको तेस्रो स्थानमा सनी देओलको गदर–२ छ ।
यो फिल्मको अलटाइम डोमेस्टिक कलेक्सन ५ अर्ब २५ करोड ४५ लाख भारु छ । गदर–२ को रेकर्ड तोड्न अब एनिमलले घरेलु बक्स अफिसमा थप ५७ करोड ६१ लाख भारु कमाउनुपर्नेछ । फिल्म रिलिज भएको तेस्रो सप्ताहान्तमा एनिमलले राम्रो कमाई गर्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण