सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मेटाले ईयूमा बल्ल लञ्च गर्‍यो थ्रेड्स

बिहीबार, २८ मङ्सिर २०८०, १८ : ०३
बिहीबार, २८ मङ्सिर २०८०

ब्रसेल्स । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले युरोपेली संघ (ईयू)मा थ्रेड्स लञ्च गरेको छ । विश्वको अन्य क्षेत्रमा लञ्च गरेको पाँच महिनापछि कम्पनीले थ्रेड्सलाई ईयूमा ल्याएको हो । 

यसलाई माइक्रो ब्लगिङ वेबसाइट एक्स (ट्विटर)को प्रतिस्पर्धीको रुपमा कम्पनीले ल्याएको थियो । तर डेटा र ठूला प्रविधि कम्पनीसम्बन्धी ईयूको कठोर कानुनका कारण त्यहाँ यसलाई कम्पनी लगेको थिएन ।

एप लञ्च भएको एक हप्तामै यसको प्रयोगकर्ता १० करोडभन्दा माथि पुगेका थियो । तर पछि यो संख्या ह्वात्तै घट्यो । थ्रेड्स ईयूमा लञ्च गरिएको खबरलाई मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मार्क जुकरबर्गले थ्रेड्समा एक पोष्ट गर्दै भनेका थिए । 

जुलाईमा लञ्च भएयता एपमा व्यापक सुधार गरिएको मेटाका एक प्रवक्ताले बताए । आजदेखि ईयूका प्रयोगकर्ताले आफ्नो थ्रेड्स प्रोफाइल बनाउन सक्ने उनले बताए । सुरुमा लञ्च भएको तीन हप्तापछि थ्रेड्सले आफ्नो आधा प्रयोगकर्ता गुमाएको जुकरबर्गले बताएका थिए ।

ईयूमा एप लञ्चमा किन ढिलाइ गरिएको भनेर मेटाले आधिकारिक रुपमा केही पनि बताएको छैन । तर त्यहाँको कठोर नियम कानुनका कारण लञ्च ढिला गरिएको अनुमान गरिएको छ । अगष्टमा ईयूमा डिजिटल सेवा ऐन लागू भएको थियो । ठूला समाजिक सञ्जालहरुमा प्रयोगकर्ताको सुरक्षा गर्नका लागि यो कानुन तयार पारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप