निर्वाचित जनप्रतिनिधिसँग वाँदर नियन्त्रणको माग
गुल्मी– गुल्मीका विभिन्न स्थानमा बाँदरबाट आतंकित भएका कृषकहरुले उमेदावारहरु भोट माग्न जाँदा वाँदर नियन्त्रणको माग गरेको विजयी उमेदवारले बताएका छन् ।
‘अरु वरु पर्दैन्थ्यो, रातदिन खेतीवाली खाएर हैरान पारेका बाँदर लखेट्ने कर्मचारीको व्यवस्था मिलाइदिए धन्य हुने भनेर जनताले भोट माग्न जानेबेलामा माग गरेको’– रेसुङ्गा नगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित वडाध्यक्ष मोहन पाण्डेले बताए । ‘हुन पनि यस वडाका जनता बाँदरबाट निकै आतंकित बनेका रहेछन् ।’– उनले भने ।
त्यस्तै, रुरु गाउँपालिका अन्तरगत साविकको थानापति, ग्वादी, रेसुङ्गा नगरपालिकाको अर्खले लगायतका जनताले पनि वाँदरले हैरान पारेको दुखेसो भोट माग्न जाने उमेदवारहरुसँग गरेको विजयी उमेदवारले बताएका छन् ।
मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर सोमनाथ सापकोटाले यस्तैयस्तै झिनामसिना विषयहरु नै जनताले भोट माग्न जाने बेलामा माग गरेको बताए ।
उनले भने–‘मैले त जनताले ठुला ठुला विषय उठाउलान भनेको थिएँ, तर निकै झिना मसिमान कुरा जस्तै वाँदर आतंकबाट मुक्ति, कुला, नाला, दुई चार मिटर पाईप जस्ता विषय माग गरेका पाएँ ।’ उनले जनताले पहिला आधारभुत कुराहरुनै माग गरेकोले त्यो छिट्टै पुरा गर्न सकिने दावी गरे ।
उनले मुसिकोट नगरपालिकामा पहिलो काम प्रत्येक घरमा विद्युत सुविधा पुर्याउन पहल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण