नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

काठमाडौँ । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे । बैंकले ३ अर्ब रुपैयाँको (९% नबिल डिबेन्चर २०८७’) ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ ।
जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्युनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो