नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ
काठमाडौँ । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे । बैंकले ३ अर्ब रुपैयाँको (९% नबिल डिबेन्चर २०८७’) ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ ।
जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्युनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण