शनिवार काठमाडौँमा इस्कोनको ३९ औँ रथयात्रा हुने
काठमाडौँ । काठमाडौँमा इस्कोनको ३९ औँ जगन्नाथ रथयात्रा हुने भएको छ । शनिवार चाबहिल देखि जोरपाटी हुँदै नारायणटारसम्म जगन्नाथ रथयात्रा हुने भएको हो । कार्यक्रममा देशभरका विभिन्न स्थानका हजारौँ व्यक्तिहरूको सहभागिता हुने अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) काठमाडौँका अध्यक्ष सविन रेग्मीले जानकारी दिए।
उक्त कार्यक्रममा भजन कीर्तन र निःशुल्क प्रसाद वितरण हुने जानकारी गराउँदै इस्कोन नेपालले उपस्थितिको निम्ति अपिल समेत गरेको छ। वैदिक सनातन धर्ममा चार धामको विशेष महत्त्व रहने गर्छ।
जसमध्ये भारतको ओडिसामा अवस्थित जगन्नाथ पुरी धाम एक रहेको छ, जहाँ जगन्नाथ रथयात्रालाई विशेष महत्वकासाथ हजारौँ भक्तजनले मनाउने गर्छन् । ‘भगवान् जगन्नाथको रथको डोरी जसले एक पटक मात्रै स्पर्श गर्छ, उसले हजारौँ अश्वमेध यज्ञ गरे बराबरको फल मिल्ने कुराको व्याख्या मण्डल पञ्जिकामा गरिएको’ इस्कोन नेपालले जनाएको छ ।
पहिले जगन्नाथ पुरीमा मात्रै हुने जगन्नाथ रथयात्रा करिब ५० वर्ष पहिलेदेखि इस्कोनका संस्थापक आचार्य अभयचरणारविन्द भक्ति वेदान्त स्वामी प्रभु पदले अमेरिकाको सन् फ्रान्सिस्कोबाट सुरुवात गरेका थिए । नेपालमा पनि विगत ३९ वर्ष देखि जगन्नाथ रथयात्रा आयोजना गरिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण