मनाङ र मुस्ताङमा पानीसमेत जम्न थाल्यो

काठमाडौँ । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ ।
मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ । दिउँसोमा भने तापक्रम शून्यमा भरेको छ । 'चिसो अधिक बढेको छ । रातिको तापक्रम माइनस १७ डिग्रीमा झर्ने गर्छ,' लामिछानेले भने, 'दिउँसोमा भने केही न्यानो हुन्छ । दिउँसोको समयमा घाम लाग्दा केही न्यानो त हुन्छ तर लामो समय घाम लाग्दैन ।' उनका अनुसार मुहानमा जमेपछि पाइपबाट पानी आउनै छाडेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते