बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजधानीको सडक : कतै खाल्डो, कतै धुलैधुलो
फोटोफिचर

राजधानीको सडक : कतै खाल्डो, कतै धुलैधुलो

शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । सडकलाई विकासको सूचकको रूपमा लिइन्छ । सडक सुविधाले जोडिएको गाउँघरसम्म सजिलै विकाशका अन्य सेवा सुविधाहरू पनि जोडिने गर्दछ । 

तर हाम्रो देशको संघीय राजधानी काठमाडौँ उपत्यकाको सडक हेर्ने हो भने राजधानी सहर हो भन्दा सायद कसैले विश्वास नगर्न पनि सक्छ । सडकमा धुलो, सवारी साधनले निकाल्ने धुवाँ, ढल र खानेपानीका लागि जथाभाबी खनेर परेको खाडल, बिजुलीको भूमिगत तार व्यवस्थापनको काम जस्ता क्रियाकलापले सडक अस्तव्यस्त बनेको छ । 

यति मात्र नभई सडकमा कोरिएका जेब्रा क्रस, सडक लेन मेटिएको छ भने  कहीँ त जेब्रा क्रस समेत नहुँदा पैदल यात्रुहरूले सकस भोग्नु परेको छ, भूमिगत बिजुलीका हेडबक्सहरु फुटपाथमा राखिदा यसले झन् जोखिम बढेको छ ।

उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको सङ्ख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने धुलोधुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको देखिन्छ । यस सम्बन्धमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।  यसै सन्दर्भमा नेपाल फोटो लाइब्रेरीले तयार पारेको उपत्यकाका विभिन्न स्थानका सडकको अवस्था ।

kathmandu road (1)kathmandu road (2)kathmandu road (3)kathmandu road (4)kathmandu road (5)kathmandu road (6)kathmandu road (7)kathmandu road (8)kathmandu road (9)kathmandu road (10)kathmandu road (11)kathmandu road (12)kathmandu road (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया