आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिका भन्छ : नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ

शनिबार, ३० मङ्सिर २०८०, १२ : ५८
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्ने कुरा गलत रहेको बताएको हो । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गरे । उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए ।

यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका थिए । उनले फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा गर्नुपर्ने बताए । काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप