इजरायली सेनाको ‘गल्ती’ ले नेतान्याहु आफ्नै देशमा घेरिए
तेल अभीभ । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीका क्रममा गल्तीले तीन जना बन्धकहरूलाई 'चुनौती' ठानेर मारेको बताएको छ। मृत्यु हुनेमा २८ वर्षीय योतम खैम, २२ वर्षीय समेर तलालका र २६ वर्षीय एलोन शमरिज रहेका छन् ।
सेनाले गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनाको मृत्यु भएको बताएको छ। इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर गाजा फर्काएको थियो। यद्यपि हमासले पछिल्ला केही दिनमा दर्जनौं बन्धकहरूलाई रिहा गरेको छ, तर तिनीहरूसँग अझै पनि १ सयभन्दा बढी बन्धकहरू छन्।
इजरायली सेनाले शुक्रबार भएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ । सेनाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । सेनाले भन्यो, ’हाम्रो राष्ट्रिय मिशन बेपत्ता व्यक्तिहरूको खोजी गर्नु र सबै बन्धकहरूलाई घर फर्काउनु हो।’
घटनाको जानकारी पाएलगत्तै इजरायली सहर तेल अभीभमा सयौं मानिस भेला भए र सहरमा रहेको सैन्य अखडातर्फ मार्च गरेका थिए । आन्दोलनकारीले बाँकी बन्धकहरुको रिहाइका लागि सरकारसँग सम्झौता गर्न माग गरेका छन् ।
प्रदर्शनका क्रममा मानिसहरुले हातमा मैनबत्ती र पोस्टर बोकेका थिए । पोस्टरहरूमा ‘उनीहरूलाई घर ल्याउ’ र ‘बन्धकहरू आदान प्रदान गर’ जस्ता नारा लेखेका थिए । मृतकको शव इजरायल पुगेको छ, जहाँ उनीहरुको सनाखत भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी मृत्युहरूलाई 'असहनीय त्रासदी' भनेका छन्। ‘यो कठिन साँझमा पनि, हामी हाम्रा घाउहरू निको पार्नेछौँ । हामी पाठ सिक्नेछौँ र हाम्रा सबै बन्धकहरूलाई सुरक्षित रूपमा घर फिर्ता ल्याउन हरसम्भव प्रयास जारी राख्नेछौँ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण