राम-जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत जनकपुरधाममा मटकोर सम्पन्न
धनुषा । भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिवार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ । मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरुले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका हुन् ।
महिलाहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम समेत राखिएको थियो । जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर गरेका थिए । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ ।
जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो ।आईतवार स्वयम्वर तथा विवाहोत्सव र सोमवार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण