छोरालाई गरिबको कोटामा पढाउन यी धनाढ्य बुवाले गरे यस्तो हर्कत !
भारतका एक धनाढ्य व्यापारीले आफ्ना छोरालाई विद्यालयमा भर्ना गर्नका लागि आफूलाई निकै गरिब देखाएका छन् ।
नयाँ दिल्लीस्थित चाणक्यपुरीको संस्कृती विद्यालयले गरिब विद्यार्थीलाई प्रदान गर्दै आएको कोटामा छोरालाई पढाउनका लागि गौरव गोइलले आफ्नो धनाढ्य पहिचान लुकाएर गरिब देखाएका हुन् ।
आफू चाणक्यपुरीस्थित निकै पिछडिएको क्षेत्र, संजय क्याम्पको बासिन्दा भएको बताएका गौरवले एमआरआईको जागिरमार्फत वार्षिक ६७ हजारको आम्दानी हुने गलत जानकारी विद्यालयलाई दिए । सो कुरालाई पुष्टि गर्न उनले नक्कली कागजात पेस गरी सन् २०१३ मा छोरालाई भर्नासमेत गराएको भारतीय संचार माध्यमले जनाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार उनको यो ‘झुटो कहानी’ पाँच वर्षसम्म टिक्यो तर ‘पाप धुरीबाट कराउँछ’ भनेजस्तै यो धेरैसम्म टिक्न सकेन । उनको ‘नाटक’ त्यतिबेला पर्दाफास भयो जब उनले आफ्ना कान्छा छोरालाई पनि यसैगरी भर्ना गर्ने प्रक्रिया अघि बढाए ।
रिपोर्टका अनुसार, कान्छा छोरालाई भर्ना गर्नका लागि विद्यालय प्रशासनसँग उनले केही वर्षभित्र आफ्नो आर्थिक स्थितीमा सुधार आएकाले जेठो छोरालाई ‘जनरल क्याटगोरी’ मा सार्न र कान्छालाई भर्ना लिन आग्रह गरेका थिए । जब उनले आफू एक सम्पन्न समुदाय सफ्दारजंग इन्क्लेभका बासिन्दा भएको बताए तब विद्यालयलाई शंका लागेको र पुलिसलाई यसबारे खबर गरेको विद्यालय प्रशासनले जानकारी दियो ।
अनुसन्धानको क्रममा पुलिसले जे पाए, त्यसले पुलिसलगायत विद्यालय प्रशासनलाई समेत चकित बनाएको बताइयो । पुलिसका अनुसार गौरव एमआरआई सेन्टरका मालिक हुन् । उनले २० वटा भन्दा बढि देशको भ्रमण गरेका छन् र आइटी रेकर्डका अनुसार उनले आफ्नो व्यवसायबाट मनग्गे आम्दानी पनि गरिरहेका छन् । नक्कली कागजात बनाउन गौरवलाई सरकारी अधिकारीले सहयोग गरेको हुनसक्ने आशंका पुलिसले गरेका छन् । उनलाई जवाहर नगरमा रहेको उनको घरबाट पक्राउ गरिएको र बच्चालाई विद्यालयबाट निकालिएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण