बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विशेष शोमा ‘चारदाम’लाई मिश्रित प्रतिक्रिया

आइतबार, ०१ पुस २०८०, १० : ४३
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । फिल्म ‘चारदाम’को विशेष शो गरिएको छ । शनिबार इटहरीस्थित इलाईट सिनेमा हलमा गरिएको विशेष शोमा चलचित्रकर्मी, राजनीतिक व्यक्तित्व लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्धर्धन गर्ने उद्देश्यले फिल्म रिलिज भएको हो ।

फिल्म निर्माण र विशेष शोका लागि सहयोग गर्ने व्यक्तिलाई सम्मान सहित फिल्मको प्रदर्शन सुरु भएको थियो । कोशी भिजन फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्म हेर्ने  दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए ।

केही दिन अगाडि निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको फिल्मलाई लाखमन योन्जन तामाङले लेखन, निर्माण, तथा निर्देशन गरेका हुन् । 

फिल्म इटहरीपछि काठमाडौँ, पोखरा, भोजपुर, धरान, बेलबारी लयगतका ठाउँमा प्रिमियरको तयारी भइरहेको निर्माण युनिटले जनाएको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्ममा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रीन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारको अभिनय छ । 

फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । फिल्ममा सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप