एनएमबी बैंकले तिर्यो १ अर्ब ८४ करोड कर
आइतबार, ०१ पुस २०८०, ११ : ०८
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर बुझाएको छ । बैँकले दिएको जानकारी अनुसार राज्यकोषमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको हो ।
अर्थमन्त्री डा.प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्ती र एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । तर, बैंक तथा वित्तीय संस्थाले ‘भूतप्रभावी’ नबुझाउने बताउँदै आएका थिए ।
आर्थिक विधेयकको व्यवस्थाविरुद्ध सरकारलाई प्रतिपक्षी बनाएर बैंक तथा वित्तीय संस्था अदालत पुगेका थिए । तर, अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा निर्णय गरेपछि राज्य कोषमा शुक्रबार नै कर बुझाएको एनबएमबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण