संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पौडेलविरुद्धको उजुरीमा सुनुवाइ सुरु
आइतबार, ०१ पुस २०८०, १२ : ०६
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलविरुद्धको उजुरीमा सुनुवाइ सुरु भएको छ ।
आजै अर्का प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाविरुद्धको उजुरीमा पनि सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् छन् ।
यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण