आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट मृत्यु भएका किशोरको शव बुझ्न आफन्त सहमत

आइतबार, ०१ पुस २०८०, १५ : ००
आइतबार, ०१ पुस २०८०

बुटवल । दाङमा टिपरको ठक्करबाट मृत्यु भएका दुई किशोरको शव बुझ्न आफन्त सहमत भएका छन् । आफन्तले शव बुझ्ने सहमति जनाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । 

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग राख्दै आफन्तले आन्दोलन गरेपछि घोराहीमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि थप तनाव उत्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालय घोराहीमा भएको दुई पक्षीय वार्तामा सहमति जुटेको छ ।  

पीडित पक्षबाट वार्तामा बसेका बालेन्द्र केसीले  बीमाले तोकेको रकमभन्दा अतिरिक्त प्रति परिवार एक लाख ५० हजारका दरले थपेर राहत दिने सहमति भएको जानकारी दिए । उनले मोटरसाइकल मर्मत र पीडितलाई खर्च पनि बेहोर्ने सहमति भएको बताए ।

शुक्रबार राती घोराही उपमहानगरपालिका १०  मा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको थियो ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको रा२प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

प्रहरीले घोराहीमा आन्दोलन गर्ने एक दर्जनभन्दा बढीलाई नियन्त्रण लिएका पीडित पक्षलाई छाडेपछि वार्ता भएको थियो । अहिले सडक सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप