कांग्रेस गण्डकीको सम्मेलन पुस ३ र ४ गते हुने

पोखरा । नेपाली कांग्रेस गण्डकीको प्रदेश सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ । सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जनाएको हो ।
सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनका लागि राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन तयार गरिएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार सम्मेलनको पहिलो दिन उद्घाटन हुनेछ भने दोस्रो दिन बन्द सत्र हुनेछ ।
सम्मेलनमा कांग्रेस चुकेका ठाउँको खोजी गर्दै समाधानबारे छलफल गरिने प्रदेश सभापति शुक्रराज शर्माले बताए ।
उनले पार्टी विधान अनुसार नचलेको भन्दै विधान अनुरुप चलाउन दबाब दिने बताए । ‘विधानअनुसार नचल्दा पार्टीमा विकृति बढ्यो । यसको अन्त्यका लागि पोखरा सम्मेलनले दबाब दिन्छ,’ उनी भन्छन्, ‘पोखराबाट केन्द्रलाई धक्का दिने गरी प्रतिवेदनहरुको तयारी गरिएको छ ।’
लोकतन्त्र आएको लामो समयसम्म पनि जनस्तरमा परिवर्तन नभएको भन्दै उनले जनप्रतिनिधिहरु जनताप्रति जिम्मेवार हुनुपर्ने बताए । ‘जित्नुअघि पार्टी चाहिने, जितेपछि एक्लै जितेको ठान्ने प्रवृत्ति हाबी भयो,’ उनले भने । सम्मेलनमा ५ सयभन्दा बढी सहभागी हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज