कांग्रेस गण्डकीको सम्मेलन पुस ३ र ४ गते हुने
पोखरा । नेपाली कांग्रेस गण्डकीको प्रदेश सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ । सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जनाएको हो ।
सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनका लागि राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन तयार गरिएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार सम्मेलनको पहिलो दिन उद्घाटन हुनेछ भने दोस्रो दिन बन्द सत्र हुनेछ ।
सम्मेलनमा कांग्रेस चुकेका ठाउँको खोजी गर्दै समाधानबारे छलफल गरिने प्रदेश सभापति शुक्रराज शर्माले बताए ।
उनले पार्टी विधान अनुसार नचलेको भन्दै विधान अनुरुप चलाउन दबाब दिने बताए । ‘विधानअनुसार नचल्दा पार्टीमा विकृति बढ्यो । यसको अन्त्यका लागि पोखरा सम्मेलनले दबाब दिन्छ,’ उनी भन्छन्, ‘पोखराबाट केन्द्रलाई धक्का दिने गरी प्रतिवेदनहरुको तयारी गरिएको छ ।’
लोकतन्त्र आएको लामो समयसम्म पनि जनस्तरमा परिवर्तन नभएको भन्दै उनले जनप्रतिनिधिहरु जनताप्रति जिम्मेवार हुनुपर्ने बताए । ‘जित्नुअघि पार्टी चाहिने, जितेपछि एक्लै जितेको ठान्ने प्रवृत्ति हाबी भयो,’ उनले भने । सम्मेलनमा ५ सयभन्दा बढी सहभागी हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण