आयल निगमको निमित्त कार्यकारीमा शाह
काठमाडौँ । नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । कर्पोरेसनका प्रमुख उमेश थानीले राजीनामा दिएपछि निगमको नेतृत्व खाली भएको थियो । नेतृत्वमा नयाँ व्यक्ति नआउन्जेलका लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नागेन्द्र शाहलाई निमित्तको जिम्मेवारी दिएको बताए । उनले रातोपाटीसँगको कुराकानीमा भने, ‘निगम कार्यरतमध्ये सबैभन्दा सिनियरलाई निमित्तको जिम्मेवारी दिइएको छ ।’
नेपाल आयल निगमलाई मन्त्रालयले सिनियर कर्मचारीको सूची मागेको थियो । सोअनुसार निगमले शुक्रवार नागेन्द्र शाह, वीरेन्द्र गोइत र दिपक बरालको नाम पठाएको थियो । निगमको ‘सिनियरिटी’ मा शाहपछि गोइत र बरालको नाम पठाइएको थियो ।
यस्तै, खाली प्रबन्ध निर्देशकको पदमा आवेदन खुलाउने तयारी भइरहेको मन्त्री रिजालले बताए । उनले आवश्यक छलफलपछि भोलि वा पर्सिसम्ममा प्रमुख पदको आवेदन खुलाउने तयारी भइरहेको रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण