आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट लागुऔषध सहित दुईजना पक्राउ

आइतबार, ०१ पुस २०८०, १७ : ५३
आइतबार, ०१ पुस २०८०

पोखरा । पोखराबाट लागु पदार्थसहित २ जना पक्राउ परेका  छन् । वडा प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्युरो गण्डकीबाट खटिएको टोलीले पोखरा ६ जरेवरबाट १ किलो गाँजाको धुलो र व्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । 

चितवन रत्ननगर नगरपालिका वडा ९ स्थायी घर भएका २७ वर्षका सन्दिप श्रेष्ठको कोठाबाट १ किलो गाँजा र ड्यामसाइडबाट २१ वर्षका विजन सापकोटाको साथबाट ब्राउन सुगर ८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनालाई कास्की जिल्ला अदालतबाट लागु औषध मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बैदाम प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप