बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उम्मेदकारको नाम सिफारिस गर्न जिल्लालाई कांग्रेस लुम्बिनीको निर्देशन

आइतबार, ०१ पुस २०८०, १८ : १९
आइतबार, ०१ पुस २०८०

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि प्रत्येक जिल्लाबाट एक–एक जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता आइतबार बुटवलमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट एक–एक जना उम्मेदवारको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएको हो । 

यस्तै बैठकले हालै सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उपलब्धि मूलक भएको ठहर गरेको छ ।   बैठकले सम्मेलनबाट पारित भएका कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

यस्तै प्रदेशका स्थानीय तहमा कांग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न  पार्टीको प्रदेश तहबाट टोली खटाउने निर्णय गरेको पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले बताए ।  

बैठकमा केन्द्रीय सदस्य तथा सांसद डा चन्द्रकान्त भण्डारी पनि उपस्थिति भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप