बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सम्मेलन तयारी तीव्र बनाउन निर्देशन, राजनीतिक प्रतिवेदन स्वीकृत

आइतबार, ०१ पुस २०८०, १९ : १५
आइतबार, ०१ पुस २०८०

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन स्वीकृत गरिएको छ । आइतबार बसेको कांग्रेस बागमती प्रदेशको पूर्ण बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन स्वीकृत गरेको हो । 

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसमितिको आठौँ पूर्ण बैठकले यसअघि कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए । उनका अनुसार बैठकले आगामी पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ । 

बैठकले पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको लागि आवश्यक तयारी र सम्पन्न भएको कार्यबारे समिक्षा समेत गरेको उनले बताए । 

प्रवक्ता रुवालीका अनुसार यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन सम्पन्न गर्नका लागि बनाइएको विभिन्न समितिका संयोजकहरुले अहिलेसम्म भएको कार्यप्रगति र गर्न बाँकी कार्यको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

पुस ७ गते हुने पहिलो सम्मेलन कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको उपस्थितिमा काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने प्रवक्ता रुवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप