स्वदेशमै चिकित्सा शिक्षा अध्ययनको व्यवस्था मिलाइने छ : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको एक सय २१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षण गर्न सकेमा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले यसको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका हुन् । संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्मकर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेका भन्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाइ हुने विद्यालयहरुले पढाइको स्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सिन्धुपाल्चोकका तीनवटा पालिकाबाट कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको जानकारी दिँदै कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने वास्तविकतालाई हृदयङ्गम गरी आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै अस्पतालका १० प्रतिशत शय्या विपन्न वर्गका लागि निःशुल्क गरिरहेको र सङ्घीय सरकार मातहतका तीन हजार ५० हजार जनरल शय्या निःशुल्क गरेको उनले जानकारी दिए ।
चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गर्न सरकार लागिपरेको जानकारी मन्त्री बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण