शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

आइतबार, ०१ पुस २०८०, २१ : ४८
आइतबार, ०१ पुस २०८०

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन् । अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही  लाभान्वित भएका हुन् ।

अस्पतालका प्रमुख अर्जुन भट्टका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ, जनरल सर्जन, एनेस्थेसिस्ट, एडिजिपी र दुईजना रेडियोग्राफर थपिएका हुन् । अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, स्त्री तथा प्रसूति रोग विशेषज्ञ एक,अर्थोपेडिक सर्जन दुई र नाककानघाँटी विशेषज्ञ एक गरी सातजना चिकित्सक कार्यरत छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप