वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ प्यालेस्टाइनीको मृत्यु
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीय प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दस घण्टा लामो सैन्य आक्रमण गरेको थियो । यसैबीच इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्म नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिको क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ ।
आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्युएएफएकाअनुसार अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि कम्तिमा २९६ प्यालेस्टाइनीहरू वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण