एकीकृत समाजवादीको सचिवालय बैठक जारी
सोमबार, ०२ पुस २०८०, १४ : २१
काठमाडौँ । विधान संशोधन मस्यौदामाथि छलफल गर्न एकीकृत समाजवादीको बैठक बसिरहेको छ । ११ बजे बस्ने भनिएपनि करिब ३ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक मिति परिवर्तन गरेर पुस २ र ३ गतेलाई सारिएको थियो । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिका साथै विधान संशोधनका लागि गठित कार्यदलले तयार पारेको विधान संशोधन मस्यौदामाथि छलफल हुने नेताहरुले बताएका छन् ।
एकीकृत समाजवादीका पार्टी कमिटी ठुला र भद्दा भएको भन्दै तिनलाई सानो आकारको बनाउने तयारी गरेको छ । सो पार्टीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले सचिवालय बैठकमा मस्यौदा पेस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण