पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न विप्लवले बोलाए केन्द्रीय समिति बैठक
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शीर्ष नेताहरूविरूद्ध जारी भएको पक्राउ पुर्जीलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा जारी रहेको विप्लवका सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार शीर्ष नेताविरुद्ध जारी भएको पक्राउ पुर्जी, समाजवादी मोर्चाको भूमिका, पछिल्लो राजनीति अवस्थाबारे गम्भीर समीक्षा हुनेछ । जिल्ला मंसिर १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
‘पक्राउ पुर्जी, पछिल्लो राजनीतिक अवस्था, मोर्चाको भूमिकाबारे समीक्षा गर्न बैठक बोलाइएको हो । सरकारसँग भएको तीन बुँदे समझदारी बमोजिम मुद्दा फिर्ता लिन सरकारसँग हामीले आग्रह गरेका थियौँ । तर कार्यान्वयन भएका छैनन् । यसबारे समीक्षा हुन्छ’, विप्लवका सचिवालयका एक सदस्यले भने ।
मुद्दा फिर्ता लिने विषयमा नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपाल लगायत नेताहरूसँग भेटेर छलफल गरेका थिए ।
पक्राउ पुर्जी जारी भएकोमा असन्तुष्ट भएका नेकपाका कार्यकर्ताहरूले न्यायालयविरूद्ध विरोध प्रदर्शन गरेको थियो । बैठकले आगामी योजना र कार्यक्रम सार्वजनिक गर्ने सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण