अर्थतन्त्रमा देखिएको सङ्कुचन घट्दै गएको छ : अर्थमन्त्री
मकवानपुर । अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार आएको बताएका छन् । हेटौँडामा आयोजित एक कार्यक्रमका बिच मन्त्री महतले अर्थतन्त्रमा आएको सङ्कुचन क्रमशः घट्दै गएको र देशको आर्थिक स्थिति सुधार हुँदै गएको बताए ।
सरकारले अपनाएको आर्थिक सुधारका रणनीतिका कारण आर्थिक मन्दी अन्त्य हुने तर्फ गइरहेको उनको भनाई छ । अर्थतन्त्रको सुधारका लागि सरकारले लिएको नीतिका कारण मन्दी क्रमशः घट्दै अन्त्य हुने अवस्थामा पुगेको उनले बताए । कोरोना सङ्क्रमणका बखत बैङ्कहरूले ब्याजदर घटाएर ऋण प्रवाह बढाउँदा आर्थिक सङ्कट निम्तिएको मन्त्री महतले बताए ।
‘कोरोना सङ्क्रमणको उच्च जोखिमका पुँजी प्रवाह बढी भएको थियो । त्यस बेलामा बैङ्कहरूले ब्याजदर घटाएर पुँजी प्रवाह बढाएका थिए । सो पुँजी घरजग्गा कारोबार, सेयर बजारमा बढी खर्च भयो । खर्च गर्ने ठाउँ नभएको अवस्थामा पुँजी प्रवाह बढी भएको थियो । जसले गर्दा अर्थतन्त्रमा समस्या देखियो ।’ उनले भने, ‘अहिले समस्या समाधान तर्फ गइरहेको छ । अहिले निकै सुधार भएको छ ।’
सरकारले वित्त व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैङ्कसँग छलफल गरी समस्या हल गर्ने तर्फ सरकारले पहल गरेको उनले बताए । सरकारले गरेको पहलका कारण हाल सेयर बजारको कारोबार बढ्दो क्रममा रहेको र घरजग्गा कारोबार पनि उकालो लाग्ने चरणमा रहेको उनको भनाई छ ।
अर्थतन्त्रमा आएको समस्याका कारण उद्योगी व्यापारीहरूमा परेको समस्या समाधानका लागि राष्ट्र बैङ्कसँगको छलफलमा ब्याजदार घटाउने पहल सरकारले गरेको र उक्त पहलबाट हाल बैङ्कहरूले ब्याजदर घटाउने क्रममा रहेको उनले बताए । बैङ्कहरूको ब्याजदर घटाउने र पुराना ऋणीहरूको सहजताका लागि चैतसम्मको समय सीमा दिएर ऋण भुक्तानीको व्यवस्था मिलाउन सरकारले राष्ट्र बैङ्क मार्फत निर्देशन दिएको मन्त्री महतले बताए । मौद्रिक नीतिले पनि उक्त समस्याहरूको समाधानका लागि केही प्रयासहरू गरेको उनको भनाई छ ।
व्यवसायीहरूले पुरानै शैलीको लगानी प्रवित्ती त्यागेर नयाँ क्षेत्रको खोजीमा केन्द्रित हुन सुझाव दिए । सरकारको मात्र प्रयासमा समस्या समाधान नहुने भएकाले निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको उनले बताए । उद्योगी व्यवसायीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाई छ ।
सरकारले बजेट खर्च बढाउने तर्फ आफ्ना गतिविधि केन्द्रित गरेको उनले बताए । विगतमा बजेट खर्चमा हुने गरेको अनुशासन हीन कम गर्न सरकारले बहुवर्षे ठेक्कालाई व्यवस्थापन गर्ने रणनीति लिएको उनले बताए । बहुवर्षे ठेक्काहरु स्रोत सुनिश्चितता पश्चात मात्र सञ्चालन गर्ने गरी बजेट खर्चमा अनुशासन कायम गर्न प्रयत्न भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण