बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता लक्षणहरू देखिएका छन् ? कामबाट छुट्टी लिने बेला भयो है !

मङ्गलबार, ०३ पुस २०८०, १३ : ४४
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । भाग दौडको अहिलेको दुनियाँमा हरेक व्यक्ति आ–आफ्नो जीवनमा काम, सम्बन्ध र जिम्मेवारीले थिचिएको छ । कहिलेकाहिँ यी सबै कुरा हामीमा यति हाबी भइदिन्छ कि आफ्नोबारे सोच्ने समय नै पाइन्न । 

केही त आफ्नो काम र जिम्मेवारीमा यति धेरै व्यस्त हुन्छन् कि आफ्नो लागि केही घण्टा वा एक दिनको समय पनि निकाल्न सक्दैनन् । यस्तोमा मान्छे बिस्तारै बिस्तारै शारीरिक र मानसिक रूपमा थाक्न थाल्छ, बिरामी हुन थाल्छ । आजको यस लेखमा हामीहरू यस्ता केही संकेतबारे कुराकानी गर्नेछौँ, जुन संकेत देखिने बित्तिकै तपाईँले केही समय आफ्नो काम वा जिम्मेवारीहरूबाट ब्रेक लिएर आफैँलाई समय दिनु पर्छ

एकाग्रतामा समस्या

तपाईँले काममा पूरै ध्यान लगाउन सकिरहनु भएको छैन, एकाग्र हुन समस्या भइरहेको छ भने केही समय आफ्नो नियमित कामबाट ब्रेक लिएर आफूलाई मन पर्ने काम गर्नुस् । घुम्नुस्, किताब पढ्नुस्, लेख्नुस् वा आफूलाई जे गर्दा धेरै खुसी मिल्छ धेरै गर्नुस् । आफूलाई खुसी बनाउनुस् । जसरी आफ्नो दिमाग शान्त हुन्छ त्यसमै ध्यान लगाउँदा एकाग्र रहन मद्दत मिल्नेछ ।

शरीरमा ऊर्जा नहुनु

काम गर्ने जाँगर लागेन भने कोहीकोही मानिसहरू चिया वा कफी खान्छन् । के तपाई पनि यस्तो गर्नु हुन्छ ? हरेक दिन तपाईँलाई काम गर्न अल्छी लाग्ने वा जाँगर नै नचल्ने हुन्छ ? यो सबै तपाई शारीरिक रूपमा मात्रै नभएर भावनात्मक र मानसिक रूपमा समेत थाक्नु भएको संकेत हो । हरेक दिन नयाँ–नयाँ चुनौती लिने बानीले तपाईँलाई भित्रैबाट थकाइरहेको हुन सक्छ । यस्तोमा थकानलाई शरीरबाट निकाल्नु निकै जरुरी छ । कामबाट छुट्टी लिनुस् अनि केही दिन कतै घुमेर आउनुस् ।

स–साना कुरामा रिस उठ्नु

तपाईँलाई हरेक सानातिना कुरामा रिस उठिरहेको छ ? तपाई चिन्तामा डुबिरहनु हुन्छ ? यी सबै कुरा तपाईँलाई एउटा ब्रेक अत्यावश्यक भएको संकेत हो । केही समय मानिसहरुको भिडभाड र कामबाट टाढा जानुस् । आफैँसँग समय बिताउनुस् । रिसलाई नियन्त्रित गर्न योग आदिको सहारा लिन सकिन्छ ।

धेरै भावुक हुने

भावनात्मक रूपमा थाकेको मान्छेले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनन् । यस्तोमा मान्छे सानो सानो कुरामा पनि चिन्तित रहने वा भावनामा बग्ने गर्न थाल्छ । रुने वा रुन मन लाग्ने हुन्छ । यस्तो स्थितिमा रुनुको सट्टा आफ्ना साथीभाइसँग कुराकानी गर्नुस् । यस्तो खालको स्थितिमा आफू मात्रै होइन अरू पनि फस्ने गरेको रहेछन् भन्ने थाहा हुन्छ । साथीभाइसँग कुराकानी गर्दा मन पनि हलुङ्गो हुन्छ ।

प्रोत्साहन नमिलेको आभास

सुरु सुरुमा मान्छे आफ्नो सपना पूरा गर्न आफूले सकेको नसकेको सबै कुरा गर्छ । समयको समेत हेक्कै हुन्न । तर कति बेला यस्तो समय पनि आइदिन्छ कि सजिलो भन्दा सजिलो काम गर्न पनि सकिँदैन । हरेक काम गर्न हामीलाई प्रेरणा चाहिन्छ । प्रेरणाको अभावमा व्यक्तिलाई कुनै पनि काम गर्न अप्ठ्यारो हुन्छ । तपाईँले पनि काम गर्न ‘मोटिभेशन’को कमी महसुस गरिरहनु भएको छ भने केही समय कामबाट छुट्टी लिनुस् । सधैँ गरिरहेको भन्दा फरक काम गर्नुस् । आफैलाई समय दिनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप