कांग्रेस गण्डकी सम्मेलनको ब्यानरबाट ‘भ्रष्टाचार’ शब्द मेटाइयो

पोखरा । नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलनका क्रममा प्रयोग गरिएको ब्यानरमा ‘भ्रष्टाचार’ शब्दलाई लिएर पार्टीमा बबाल भएको छ । पार्टी नेतृत्वको असन्तुष्टि र विवावपछि उक्त शब्दलाई टेप लगाएर मेटाइएको पाइएको छ ।
पोखरामा सुरु भएको सम्मेलनका लागि प्रदेश समितिले विशेष स्टेज तयार गरेको थियो । उक्त स्टेजका लागि तयार गरिएको ब्यानरको सुरुमै ‘विरासतको रक्षा गरौँ नेपाली कांग्रेस बचाऔँ’ भन्ने नारा तय गरिएको थियो भने सँगसँगै ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेसी चरित्र पुनः स्थापित गरौँ’ भन्ने नारा पनि ब्यानरमै राखिएको थियो ।
तर ब्यानरबाट लेखिएको ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यांशसहितको नारामा नेतृत्वले नै असन्तुष्टि जनाएपछि त्यसलाई हटाइएको एक नेताले जानकारी दिए ।
टेप लगाएर भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यांश मेटाइएको ब्यानरमुनि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरु बसेका छन् ।
स्रोतका अनुसार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासहितका नेताहरुले नै उक्त वाक्यांश हटाउन भनेका थिए । यही वाक्यका कारण देउवा र प्रदेश सभापति शुक्रराज शर्माबिच भनाभन समेत भएको प्रदेशस्तरका एक नेताले बताए । शर्माले उक्त वाक्यांश हटाउन नचाहेपछि भनाभन भएको बताइएको छ ।
‘भ्रष्टाचार भन्ने शब्दमै सभापति शेरबहादुर देउवासहितका नेताहरूको असन्तुष्टि रह्यो । त्यसपछि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यांशमै टेप लगाएर मेटाइएको छ’, ती नेताले भने ।
शर्माले निरन्तर पार्टीको केन्द्रीय समितिविरुद्ध प्रहार गर्दै आएका छन् । उनले विगतमा प्रदेश सभापतिहरूलाई केन्द्रीय सदस्यको हैसियत दिनुपर्ने समेत माग गरेका थिए। अहिले सभापतिहरूलाई आमन्त्रित सदस्य बनाइएको छ।
शर्माले सभापति देउवालाई बालुवाको थुप्रोका रूपमा चित्रित गर्दै आएका छन् । कांग्रेस धेरैको भविष्य भएकोले सहि दिशाबाट हिँड्नुपर्ने उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो