बानेश्वर चोकमा न्याय किनबेच हुने दिनको अन्त्य भएको छ : अध्यक्ष घिमिरे
काठमाडौँ । नेकपा बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बानेश्वर चोकमा न्याय किनबेच हुने दिनको अन्त्य भएको दावी गरेका छन् ।
न्याय सेवा दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले ब्रिफकेस बोकेर बानेश्वरको चोकमा न्याय किनबेच हुने अवस्था बारकै आन्दोलनका कारण दाबी गरेका हुन् ।
‘ब्रिफकेस बोकेर बानेश्वरको चोकमा न्याय किनबेच हुने अवस्था अहिले छैन, त्यो बारकै आन्दोलनका कारण हो’, अध्यक्ष घिमिरेको भनाइ छ ।
फरक प्रशंगमा उनले फौजदारी न्यायमा उदार हुन नसकेको पनि बताए । ‘हामी रिजिड नै छौँ । अर्थसँग सम्बन्धित मुद्दामा थुनामै राखेर कारबाही गर्न थाल्यौ, जसका कारण व्यवसायीहरू आतङ्कित भएका छन् । यसलाई विचार गर्नुपर्छ’, घिमिरेको भनाइ छ ।
उनले अदालतमा उहीँ दफा वा कसुरमा चलेको मुद्दामा कतिपय व्यक्ति थुनामै रहने र कतिपय थुनाबाहिर बस्ने अवस्थाप्रति पनि असन्तुष्टि जनाए । उनले फौजदारी संहिताको दफा १५५ ले अनुदारतातर्फ उक्साएको भन्दै त्यसलाई करेक्सन आवश्यक रहेको बताए ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्यूनतम गर्नुपर्ने सेवा अवधिका सम्बन्धमा विचार गर्ने पो हो कि भन्दै प्रश्न गरेका उनले व्यक्तिका कारण व्यवस्था नै गलत हो भन्ने पक्षमा नेपाल बार नरहेको बताए । न्याय परिषद्ले आफ्नो ऐन संशोधन गर्दा आफूहरूलाई नसोधिएको भन्दै उनले समग्र सिस्टमको सुधारको पक्षमा लाग्दा आफूहरूले आन्दोलन नगरेको बताए ।
‘तर हाम्रो विरोध जारी छ । मर्यादाक्रम फरक पर्ने गरी भएको संशोधनमा आपत्ति छ’, घिमिरेको भनाइ छ । उनले कर नतिर्ने कानुन व्यवसायीको लाइसेन्स रिन्यु नहुने समेत प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण