शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक झण्डै ४६ अंकले बढ्यो

मङ्गलबार, ०३ पुस २०८०, १५ : १९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आज पनि सेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार थप ४५.९८ अंकको वृद्धि हुँदै २१०६.४८ अंकमा उक्लिएको हो । अघिल्लो नेप्से सूचक ३६ अंकमाथिले बढेको थियो । 

आज नेपाल रिपब्लिका मिडियासहित ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नत सहकार्य लघुवित्र वित्तीय संस्था, शिभम् सिमेन्ट, नेपाल रिपब्लिका मिडिया, घोराही सिमेन्ट इन्ड्रष्ट्री, हाथ्वे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनिरल एण्ड आयालको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ ।

४४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप