नेप्से सूचक झण्डै ४६ अंकले बढ्यो
काठमाडौँ । आज पनि सेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार थप ४५.९८ अंकको वृद्धि हुँदै २१०६.४८ अंकमा उक्लिएको हो । अघिल्लो नेप्से सूचक ३६ अंकमाथिले बढेको थियो ।
आज नेपाल रिपब्लिका मिडियासहित ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नत सहकार्य लघुवित्र वित्तीय संस्था, शिभम् सिमेन्ट, नेपाल रिपब्लिका मिडिया, घोराही सिमेन्ट इन्ड्रष्ट्री, हाथ्वे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनिरल एण्ड आयालको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ ।
४४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण