आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्क्रिन फुटेको स्मार्टफोन चलाउनु हुन्छ ?, ध्यान दिनुहोस् यी कुरा

मङ्गलबार, ०३ पुस २०८०, १६ : ०२
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । कुनै जमाना यस्तो थियो नोकियाको सानो हलुका फिचर फोन हुन्थे । यी फोन जति खस्दा पनि केही हुँदैनथ्यो । फोनमा लागेको धुलो माटो टक्टकाएर केही नभए जस्तैगरी चलाइन्थ्यो । तर अहिले यस्ता फोन दुर्लभ बनेका छन् । 

सबैको हात हातमा स्मार्टफोन छन् । यी फोन फिचर फोनको तुलनामा निकै नाजुक छन् । हातबाट खस्यो कि स्क्रिन फुट्ने, डिस्प्ले नै उठ्ने जोखिम हुन्छ । तर धेरै जसो मानिसहरु फुटेकै स्क्रिन भएको फोन चलाइरहन्छन् । तर यस्तो गर्नु खतरनाक छ । फुटेको स्क्रिन प्रयोग गर्दा तपाईंलाई कसरी क्षति हुन्छ ? आज यही विषयमा कुराकानी गर्नेछौँ ।

  • टच स्क्रिन मालफङ्क्शन

फुटेको स्क्रिन भएको फोनको फङ्क्शनमा बिस्तारै समस्या देखिन थाल्छ । स्क्रिनले काम गर्न बन्द गर्छ । तपाईंको फिङ्गर जेस्चरमा प्रतिक्रिया जनाउन फोनलाई समय लाग्न सक्छ । एउटा कम्पाउन्ड थिच्दा अर्को कमान्ड एक्सेस हुने समस्या देखिन सक्छ ।

  • डिभाइसको सुरक्षामा समस्या

स्क्रिनले फोनलाई बाहिरी तत्त्वहरूबाट बचाउँछ अनि डिभाइसमा क्षति हुन पनि दिँदैन । यस्तोमा फुटेको स्क्रिनबाट पानी आदि तरल फोनभित्र छिर्न सक्छ र फोनमा क्षति पुग्न सक्छ । फोनमा सर्ट सर्किट पनि हुन सक्छ । फुटेको ठाउँबाट छिरेर धुलो जम्मा हुन थालेपछि फोनमा आगलागी पनि हुन सक्छ ।

  • औँलामा चोट

फोनको स्क्रिन चकनाचुर भएको छ भने औँलामा चोट लाग्न खतरा पनि भइरहन्छ  । फोन चलाइरहँदा स्क्रिनको टुक्राले औँलाहरू काटिने, औँलामा सिसा गाडिने सम्भावना रहन्छ ।

  • रेडिएशनको खतरा

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले सेलफोनको रेडियो फ्रिक्वेन्सी मान्छेका लागि कार्सिनोजेनिक मानेको छ । अमेरिकन क्यान्सर सोसाइटीले चाँहि फोनको प्रयोग युजरको स्वास्थ्य सम्बन्धी जोखिम छैन भन्ने स्पष्ट गर्न अरू पनि अनुसन्धान गर्नुपर्ने बताएको छ । 

बाई डिफल्ट नै स्मार्टफोनले खतरनाक रेडिएसन छाड्छ । यस्तोमा स्क्रिन फुटेको स्मार्टफोन चलाउनु भनेको फोनको इन्टरनल सिस्टम एक्सपोज हुनु हो । अनि रेडिएसनको खतरा थप बढ्छ ।  

स्क्रिन चर्किएको फोन चलाउँदा आँखामा दबाब पर्छ । आँखा दुख्ने समस्या देखिन थाल्छ । तपाईंको फोनको पनि स्क्रिन फुटेको पो छ कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप