आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लाल सागरमा आक्रमणपछि तेलको भाउ बढ्ने डर

मङ्गलबार, ०३ पुस २०८०, १६ : ५९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । लाल सागरमा व्यावसायिक जहाजहरूलाई लक्षित गरेर ड्रोन र रकेट आक्रमण भएपछि विश्व बजारमा तेल र अन्य वस्तुको भाउ बढ्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् । यमनका हुथी विद्रोहीहरूले जहाजलाई नै निशाना बनाएर आक्रमण गरेपछि कयौँ कम्पनीहरूले त्यो मार्ग भएर ढुवानी बन्द गरेका छन् । 

कम्पनीले आफ्ना जहाजहरू बाटो परिवर्तन गरेर अफ्रिकाको केप अफ गूड होप भएर लैजान थालेको विश्वको दोस्रो ठुलो सिपिङ कम्पनी मेस्कले मंगलबार भनेको थियो । लाल सागरमा आक्रमणपछि अमेरिकाले लाल सागर रुटमा जहाजको सुरक्षाका लागि सैन्य अपरेसन नै सुरु गरेको छ । यो अपरेसनमा बेलायत, क्यानडा, फ्रान्स, बहराइन, नर्वे र स्पेन जस्ता देशका सुरक्षाकर्मीहरू पनि खटिएका छन् । लाल सागरमा ढुवानी सुरक्षित राख्न अमेरिकी रक्षा मन्त्री ल्योड अष्टिनले मंगलबार ४० भन्दा बढी देशका मन्त्रीहरूसँग भर्चुअल बैठक बसेर थप देशहरूलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

लाल सागर विश्वभर तेल र तरलीकृत ग्यास ढुवानीका लागि मुख्य रुट हो । यहाँबाट टिभी, विद्युतीय सामान, ट्रेनर जस्ता उपभोग्य वस्तु पनि ढुवानी हुन्छन् । लाल सागरबाट हुने ढुवानीलाई केफ अफ गूड होप भएर लैजाँदा ३ हजार ५०० माइल बढी यात्रा गर्नुपर्छ । जसका लागि १० दिन बढी समय लाग्छ । हालैका दिनमा जहाजमाथिको आक्रमण बढेका छन् । विश्वको कुल व्यापार मध्ये १२ प्रतिशत व्यापार लाल सागर भएर हुन्छ । एक वर्षमा यो रुट भएर करिब १० खर्ब डलर बराबरको वस्तु बाहिरिन्छ । अहिलेका लागि आक्रमणले तेल बजारमा प्रभाव नगण्य छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ १ प्रतिशतले बढेको थियो । तर मंगलबार रातोमा आएको तेलको भाउ यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजेतिर हरियोमा थियो । यो समाचार तयार पार्दाखेरि लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स भिडिजनमा ब्रेन्टको भाउ प्रतिब्यारेल शून्य १० प्रतिशतले बढेर ७८ डलर शून्य ३ सेन्ट कायम भएको थियो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुडको भाउ शून्य दशमलव १२ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ डलर ९१ सेन्टमा पुगेको थियो । ढुवानीको बाटो परिवर्तन गर्दा तेलको भाउ मात्रै प्रभावित हुन्न । तेलको भाउसँगै महँगी पनि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप