आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको चाहना भए संसद्‍बाट फिर्ता भई आन्दोलन गर्छौँ : अध्यक्ष लिङ्देन

मङ्गलबार, ०३ पुस २०८०, १७ : ०४
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना भए संघीय संसद्बाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकपछि मङ्गलवार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले तत्काल प्रदेशमा रहेका सदस्यहरू फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरूमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरू फिर्ता लिने कुनै निर्णय गरेका छैनौँ तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जान सक्ने सम्भावना छ । राप्रपाले आजको बैठकबाट नै समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान गरेको छ । समान विचार राख्ने शक्ति र संघसंस्थालाई आफ्नो आफ्नो ठाउँबाट आन्दोलन गर्न, वातावरण गर्न र सहकार्यको लागि आह्वान गर्दछु । समान धारा भएकाहरूलाई मिलेर जानुको विकल्प छैन, एकले अर्काको खुट्टा तान्ने काम बन्द गरौँ ।’

अध्यक्ष लिङ्देनले सरकारको एक वर्षे कार्यकाल सुखद नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गीण हिसाबले अधोगतितर्फ गएको दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप