माओवादी बालुवाटार बैठक : प्रचण्डले एजेण्डा प्रस्तुत गरे, इन्चार्जले अभियानको रिपोर्टिङ
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा सातै प्रदेशका इन्चार्जले तीन महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । बैठक बुधबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने शर्माले बताए ।
‘बैठकमा अध्यक्षले विधान सम्मेलन, रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा एजेण्डा राख्नुभयो’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘उहाँले एजेण्डा प्रस्तुत गरेपछि सातै प्रदेशका इन्चार्जहरूले अभियानबारे रिपोर्टिङ गर्नुभयो । निर्णय केही भएको छैन ।’
बैठकमा प्रचण्डले सरकारले गरेको राम्रो कामलाई बदनाम गराउने षड्यन्त्र भएरहेको त्यसकै पृष्ठभूमि एनसिएल प्रकरण निकालेर बदनाम गर्ने प्रयास भइरहेको गुनासो पोखेका थिए । इन्चार्जहरूले अभियान समग्रमा उत्साहजनक भएको रिपोर्टिङ गरेको शर्माले जिकिर गरे । केहीले ठग्ने प्रवृत्ति देखिएको समेत रिपोर्टिङ भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा
-
आईपीएलमा आज : हैदराबादको वर्चश्व तोड्ला पञ्जाबले ?
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो