नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मङ्सिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ ।
प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ ।
बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो । यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात
-
सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि