गाजाको अवस्थाप्रति युनिसेफका प्रवक्ता ‘आक्रोशित’
जेनेभा । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन् । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा करिब दुई साता बिताएपछि पत्रकार सम्मेलनमा भने, “सत्तामा रहनेहरूले दस लाख बालबालिकामाथि गरिएको मानवतावादी दुःस्वप्नबाट हिचकिचाएकामा म आक्रोशित छु ।” अक्टोबर ७ मा इजराइलमा हमासले गरेको अभूतपूर्व हमलापछि गाजापट्टीमा इजराइली सेनाको बमबारी जारी रहँदा अङ्गविच्छेद भएका बालबालिकालाई ‘ती अस्पतालहरूमा मारिएको’ विषयमा उनले उल्लेख गरे ।
“अरु पनि बालबालिका लुकेका छन् र तिनीहरूमाथि पनि निस्सन्देह हमला गरिने छ र आगामी दिनमा उनीहरूको अङ्गविच्छेद गरिनेछ भनेर हामीले कुरा गरिरहँदा मलाई ज्यादै रिस उठेको छ”, उनले भने । अहिले पनि सञ्चालित सबैभन्दा धेरै सुविधा भएको दक्षिणी गाजाको मुख्य सहर खान युनिसस्थित नासिर अस्पतालमा पछिल्लो ४८ घण्टामा दुई पटक हमला भएको उनले बताए ।
“यस अस्पतालले आफ्नो घरमा भएको आक्रमणमा नराम्ररी घाइते भएका ठूलो सङ्ख्यामा बालबालिकालाई मात्र नभएर सयौँ महिला र बालबालिकालाई सुरक्षित राखेको छ”, गाजामा हजारौँ बालबालिकाको मृत्युप्रति शोक प्रकट गर्दै उनले भने, “मलाई क्रिसमसका कारण बढ्दो बर्बरता र हमला हुने सम्भावना छ भन्दा रिस उठेको छ किनकि संसार आफ्नै माया र सद्भावनाबाट विचलित भएको छ ।”
“कपटले समानुभूतिलाई कुल्चिरहेको छ”, उनले गाजाको अवस्थाबारे भने, “अझ धेरै काम गर्न नसकेकामा म आफैँ क्रोधित छु ।”-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण