आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गाजाको अवस्थाप्रति युनिसेफका प्रवक्ता ‘आक्रोशित’

मङ्गलबार, ०३ पुस २०८०, २१ : ३४
मङ्गलबार, ०३ पुस २०८०

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन् । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । 

युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा करिब दुई साता बिताएपछि पत्रकार सम्मेलनमा भने, “सत्तामा रहनेहरूले दस लाख बालबालिकामाथि गरिएको मानवतावादी दुःस्वप्नबाट हिचकिचाएकामा म आक्रोशित छु ।” अक्टोबर ७ मा इजराइलमा हमासले गरेको अभूतपूर्व हमलापछि गाजापट्टीमा इजराइली सेनाको बमबारी जारी रहँदा अङ्गविच्छेद भएका बालबालिकालाई ‘ती अस्पतालहरूमा मारिएको’ विषयमा उनले उल्लेख गरे । 

“अरु पनि बालबालिका लुकेका छन् र तिनीहरूमाथि पनि निस्सन्देह हमला गरिने छ र आगामी दिनमा उनीहरूको अङ्गविच्छेद गरिनेछ भनेर हामीले कुरा गरिरहँदा मलाई ज्यादै रिस उठेको छ”, उनले भने । अहिले पनि सञ्चालित सबैभन्दा धेरै सुविधा भएको दक्षिणी गाजाको मुख्य सहर खान युनिसस्थित नासिर अस्पतालमा पछिल्लो ४८ घण्टामा दुई पटक हमला भएको उनले बताए । 

“यस अस्पतालले आफ्नो घरमा भएको आक्रमणमा नराम्ररी घाइते भएका ठूलो सङ्ख्यामा बालबालिकालाई मात्र नभएर सयौँ महिला र बालबालिकालाई सुरक्षित राखेको छ”, गाजामा हजारौँ बालबालिकाको मृत्युप्रति शोक प्रकट गर्दै उनले भने, “मलाई क्रिसमसका कारण बढ्दो बर्बरता र हमला हुने सम्भावना छ भन्दा रिस उठेको छ किनकि संसार आफ्नै माया र सद्भावनाबाट विचलित भएको छ ।”

“कपटले समानुभूतिलाई कुल्चिरहेको छ”, उनले गाजाको अवस्थाबारे भने, “अझ धेरै काम गर्न नसकेकामा म आफैँ क्रोधित छु ।”-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप