‘साउदी अरब पठाउँछु’ भनेर ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ
बुधबार, ०४ पुस २०८०, ०६ : ४७

काठमाडौँ । प्रहरीले ठगी आरोपमा पुरानो बानेश्वरमा रहेको ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रे घर भएकी ४० वर्षीय सोफी मल्ल छन् ।
पश्चिम नवलपरासी घर भएर काठमाडौँ–३१ मा बस्ने म्यानपावर संचलक लक्ष्मणले साउदी अरब पठाउँछु भनेर १ लाख २५ हजार ठगेको आरोप छ । ओम बाबु शाहलाई विदेश पठाउँछु भनेर रकम लिएपछि उनी पीडितसँग सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आरोपीले साउदी अरब जानका लागी १ लाख २५ हजार लाग्ने र त्यहाँ मासिक ४० हजार तलब हुन्छ भनेर रकम लिएका हुन् । आरोपीहरूलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
-
स्किब्स कप बास्केटबलमा ७५ टोली
-
उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन
-
सबै उद्योगलाई प्रशोधन उपकरण जडान गर्न लगाउनु पर्छ
-
आईपीएल इतिहासकै कीर्तिमानी दाजुभाई बने शान र मिचेल मार्श
-
औद्योगिक रसायनले प्रदूषित सिर्सिया नदी, तटीय क्षेत्रमा कस्तो असर ?