‘साउदी अरब पठाउँछु’ भनेर ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ
बुधबार, ०४ पुस २०८०, ०६ : ४७
काठमाडौँ । प्रहरीले ठगी आरोपमा पुरानो बानेश्वरमा रहेको ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रे घर भएकी ४० वर्षीय सोफी मल्ल छन् ।
पश्चिम नवलपरासी घर भएर काठमाडौँ–३१ मा बस्ने म्यानपावर संचलक लक्ष्मणले साउदी अरब पठाउँछु भनेर १ लाख २५ हजार ठगेको आरोप छ । ओम बाबु शाहलाई विदेश पठाउँछु भनेर रकम लिएपछि उनी पीडितसँग सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आरोपीले साउदी अरब जानका लागी १ लाख २५ हजार लाग्ने र त्यहाँ मासिक ४० हजार तलब हुन्छ भनेर रकम लिएका हुन् । आरोपीहरूलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण